आयुर्वेद उपचारमा जनविश्वास बढाउन आवश्यक छ : स्वास्थ्यमन्त्री

काठमाडौँ, ५ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले आयुर्वेद उपचारमा जनविश्वास बढाउन खोजेको बताएका छन् ।

आज प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको ‘राष्ट्रिय स्वर्ण प्राशन’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “आयुर्वेद उपचार हाम्रो मौलिक परम्परा हो । हामी सबै हिसाबले सम्पन्न थियौँ । हामीले हाम्रा कुरामाथि विश्वास नगरेका कारण अहिले हामी कुनै पनि कुरामा आत्मनिर्भर छैनौँ ।”

उनले स्वर्ण प्राशन मौलिक विधि रहेको उल्लेख गरे । विकल्प नहुँदा यसैलाई प्रयोग गरेर स्वस्थ हुने गरेको स्मरण गरे । उनले भने, “विकल्प आएपछि हामीले यसलाई छोडेर विकल्प तिर लाग्यौँ । यसलाई प्रयोग गर्दा हामी लाभान्वित हुन्छौँ । यसले वैकल्पिक उपचार विधिमा मद्दत गर्छ”, । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्