प्रदेश तीनको प्रदेशसभा बैठक स्थगित

मकवानपुर, १२ मंसिर ।  प्रदेश नम्बर तीनको प्रदेशसभाको बैठक स्थगित भएको छ ।

राजधानीको विषय र नामाकरणको विषयमा सहमति जुट्न नसकेपछि स्थगित भएको बताएका छन । प्रदेशका सांसदहरुले राजधानीको विषय र नामाकरणको विषय छिटो टुङ्ग्याउनका लागि माग गरेका छन् ।

 प्रदेश नम्बर तीनको मुख्यमन्त्री डोरमणि पौडेल पनि कतार भ्रमणमा रहेको र नेकपाको केन्द्रीय नेतृत्वबाट पनि राजधानीको विषयमा के गर्ने भन्ने सर्कुलर नआएकाले प्रदेशसभा बैठक समेत अनिश्चित बनेको हो ।

तीन नम्बर प्रदेशसभाको हिजोकोे बैठकबाट पाँच वटा विधेयक पास भएका छन् । आजको प्रदेशसभाको वैठकबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेस गरेको ‘प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘प्रदेश संंस्था दर्तासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’को प्रतिवेदनसहित सभाबाट पास भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौंडा, ८ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगलाई निरन्तर सञ्चालनमा

काठमाडौँ, ७ भदौ । सङ्घीय संसद्, प्रतिनिधिसभाको सोमबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । भोली १ बजे बस्ने

काठमाडौँ, ७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही भदौ महिनादेखि सञ्चालन गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ

झापा, ७ भदौ । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ । प्लान्ट क्वारेन्टाइन