ट्रम्पद्वारा युद्ध अन्त्य गर्न रुसलाई ५० दिने अल्टिमेटम

एजेन्सी, ३१ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँगको युद्ध अन्त्यको लागि ५० दिने समयसीमा दिएका छन् । ट्रम्पले युक्रेनलाई उच्चस्तरको हतिया पठाउने घोषणा पनि गरेका छन् । 

उनले सोमबार नेटोका महासचिवसँगको बैठकपछि ट्रम्पले युक्रेनले जे चाहान्छ त्यसको सुनिश्चित गर्ने बताएको बीबीसीले जनाएको छ ।

नेटोका महासचिव मार्क रुटेले पनि राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बैठकमा युक्रेनलाई ठूलो परिमाणमा हतियार नेटोमार्फत पठाउने पुष्टि गरे ।

यसैगरी ट्रम्पले रुसबाट भइरहेको हवाई आक्रमणको सामना गर्न युरोपियन देशहरूले पनि युक्रेनलाई उनीहरूको प्याट्रियट मिसाइल हवाई रक्षा प्रणालीहरू पहिले पठाउने र त्यसलाई अमेरिकाले प्रतिस्थापन गर्ने बताएको बीबीसीले जनाएको छ ।

युक्रेनलाई पठाइने हतियारहरूबारे विस्तृतमा दुवैले उल्लेख गरेनन् । तर, रुटेले सम्झौतामा क्षेप्यास्त्र र एम्युनिसन समावेश भएको बताए ।

ट्रम्पको हतियार प्रतिबद्धताले युक्रेनका लागि महत्वपूर्ण कदम भएको बताइएको छ ।

यद्यपि, राष्ट्रपतिले अर्बौं डलर मूल्यका अत्याधुनिक हतियारहरू युक्रेनलाई सहयोग गर्न तत्काल युद्धक्षेत्रमा वितरण गरिने बताए । “यदि म आज भ्लादिमिर पुटिन भएको भए युक्रेनसँगको वार्तालाई थप गम्भीरतापूर्वक लिनुपर्छ भनेर पुनर्विचार गर्थें,” रुटेले भने । उनले यो भन्दै गर्दा ट्रम्पले सहमति जनाउँदै टाउको हल्लाएका थिए ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक संजाल एक्समा लेख्दै उनले रुटेसँगको भेटपछि ट्रम्पसँग कुराकानी गरको बताएका छन् । उनले युक्रेनलाई समर्थन गर्ने र रुसले गरेको हत्याहरू रोक्न तथा दीर्घकालीन र न्यायपूर्ण शान्ति स्थापना गर्न सँगै काम गर्न इच्छुक भएकोमा उनलाई धन्यवाद दिएको बताएका छन् ।

“हामीले रुसी आक्रमणबाट मानिसहरूलाई राम्रो सुरक्षा प्रदान गर्न र हाम्रा स्थानहरू बलियो बनाउन आवश्यक साधन र समाधानहरूबारे छलफल गर्यौं । हामी शान्ति प्राप्त गर्न काम गर्न तयार छौँ,” उनले भने । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका