ढुङ्गानाको संयोजकत्वमा शिक्षाशास्त्र सरोकार समाज नेपालको केन्द्रीय समिति गठन

काठमाडौँ, ११ मङ्सिर । सानोठिमी क्याम्पसका प्राध्यापक जीवन ढुङ्गानाको संयोजकत्वमा शिक्षाशास्त्र सरोकार समाज नेपालको केन्द्रीय समिति गठन भएको छ ।

अन्य केन्द्रीय समितिमा

सहसंयोजक : दावा शेर्पा, शिक्षाशास्त्र संकाय केन्द्रीय बिभाग
महासचिव : प्रेमराज भण्डारी, कैलाली बहुमुखी क्याम्पस, धनगढी
सचिव : नेत्र प्रसाद ओझा, डडेलधुरा क्याम्पस
सदस्य : किशोर शाह, रामप्रताप रामप्रसाद क्याम्पस सिराहा
सदस्य : शान्तीराम दाहाल, जनता बहुमुखी क्याम्पस इटहरी
सदस्य : रितु भट्ट, काठमाण्डौ
सदस्य : सपना अधिकारी, महेन्द्र रत्न क्याम्पस ताहाचल
सदस्य : दीपक कुमार पोखरेल, बिराटनगर
सदस्य : धनकृष्ण महत, जुम्ला बहुमुखी क्याम्पस
सदस्य : कमल कोइराला, गोरखा क्याम्पस
सदस्य : रेवती प्रसाद पराजुली, धादिङ
सदस्य : सिर्जना खनिया, पासाङ ल्हामु क्याम्पस
सदस्य : टिकेश्वरी शर्मा, सुदुरपश्चिम एकेडेमी

सुखी नेपाली समृद्ध राष्ट्र निर्माणको लागि शिक्षा र समृद्ध राष्ट्र निर्माण गर्ने शिक्षा विकासका लागि शिक्षाशास्त्र संकाय भन्ने मुल मन्त्रका साथ शिक्षासँग सम्बन्धीत विभिन्न मुद्दाहरुका बारेमा बहस, चिन्तन, रक्षा, अध्ययन र अनुसन्धान कार्यकालागि शिक्षाशास्त्र सरोकार समाज गठन गरिएको हो ।

समाज शिक्षा सम्बन्धी रचनात्मक कार्यहरु गर्ने शिक्षा सम्बन्धी चिन्तन समूहको रुपमा रहने बताइएको छ । यसरी नै शिक्षाशास्त्र सरोकार समाजमा आबद्द भइ शिक्षा सम्बन्धी बिचारहरु दिन, अध्ययन तथा अनुसन्धान गरि आफुलाइ स्तरोन्नति गर्न, शिक्षा सम्बन्धी विभिन्न मुद्दाहरुमा बहस छलफल र आफ्नो अभिमत जाहेर गर्न र समृद्ध नेपालको शिक्षामा चिन्तन गर्न चाहने र सोही अनुरुपका शैक्षिक अभियान संचालन गर्न चाहने सम्पूर्णलाई समाजमा आबद्द हुन अनुरोध गरेको छ ।

समाजको सल्लाहकारहरु प्रा. डा. बासुदेब काफ्ले, प्रा. डा. गणेश बहादुर सिंह, प्रा. डा. हेमराज ढकाल, प्रा. डा. प्रेम नारायण अर्याल, सह प्रा. डा. जनार्दन घिमिरे, सह प्रा. डा. पेशल खनाल, सह प्रा. किरणराम रञ्जितकार तथा सह प्रा. चन्द्र बहादुर श्रेष्ठ रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ११ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल

काठमाडौँ, ११ भदौ । हिमाली जिल्ला मुस्ताङमा स्याउ टिप्ने कार्य तालिका सार्वजनिक गरिएको छ । छिटो पाक्ने स्याउ यही भदौ

काठमाडौँ, ११ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ११ भदौ । सामाजिक विकासका लागि सरकार तथा गैरसरकारी संस्थासँगै व्यवसाय, समुदाय र आम नागरिकको संयुक्त सहभागिता आवश्यक रहेकोमा