पछिल्लो एक सातामा ३५ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २० असार । पछिल्लो एक सातामा देशभर ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको पाइएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसीडीले सार्वजनिक गरेको आँकडाअनुसार ४ प्रदेशमा एक सातामा ३५ जना कोरोना सङ्क्रमित भएका हुन् । 

सबैभन्दा बढी बागमती प्रदेशमा २६ जनामा कोभिड–१९ सङ्क्रमण भएको महाशाखाले जनाएको छ । त्यस्तै कोशी प्रदेशमा ४, मधेस प्रदेशमा ३ र गण्डकी प्रदेशमा २ जनामा सङ्क्रमण पुष्टि भएको  तथ्याङ्कमा उल्लेख छ । यस अवधि एक जनाको कोभिड—१९ बाट मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । देशभर अहिले २४९ जना कोरोना सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरती खाजाघरमा

काठमाडौँ, २१ साउन । मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, २१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय

काठमाडौँ, २१ साउन । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी