चौधरीको स्मृतिमा एकदिने निःशुल्क दन्त तथा आँखा शिविर

सुनसरी, ११ असार । फरवार्ड माइक्रो फाइनान्सका संस्थापक, समाजसेवी श्री दिनेश चौधरीको १८औँ स्मृति दिवसको सन्दर्भमा एक दिने निःशुल्क दन्त तथा आँखा शिविर सम्पन्न भएको छ । 

दुहबी-२, सुनसरीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानमा आयोजना गरिएको शिविरमा स्थानीय बासिन्दाहरूले निःशुल्क दन्त परीक्षण, आँखा परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्राप्त गरेका छन् । निःशुल्क आँखा शिविर कार्यक्रम रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगरको प्राविधिक सहयोग, RUIT फाउन्डेसनको सहयोगमा फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था ली., ग्रामीण महिला उत्सुकता विकास मञ्च, फरवार्ड बचत तथा ऋण संस्था ली. र श्री दिनेश चौधरी स्मृति प्रतिष्ठान (कलेज), फरवार्ड इन्टरप्राइजेज संयुक्त रूपमा आयोजना  गरेको हो ।

शिविरमा आर्सीमा डेनटल क्लिनिक (दुहबी-३, सुनसरी) ले प्राविधिक सहयोग प्रदान गरेको थियो। दक्ष दन्त चिकित्सकहरूको टोलीले सेवाग्राहीहरूलाई सेवा प्रदान गरेका थिए । 

पूर्वमन्त्री तथा संघीय सांसद माननीय भगबती चौधरीको प्रमुख आतिथ्य तथा फरवार्ड माइक्रो फाइनान्सका सिइओ राम दयाल राजवंशीको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । त्यस अवसरमा बोल्ने वक्ताहरूले दिवङ्गत चौधरीको समाजसेवाप्रतिको योगदानलाई सम्झिँदै जनस्वास्थ्य सेवाको पहुँचलाई अझ प्रभावकारी बनाउन यस्तो निःशुल्क शिविर आयोजना हुनु सकारात्मक पक्ष भएको बताएका थिए । स्थानीय समुदायबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको र भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत आयोजकहरूले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरती खाजाघरमा

काठमाडौँ, २१ साउन । मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, २१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय

काठमाडौँ, २१ साउन । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी