कालिकोट, ११ असार । कालिकोटका ६ वटा स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ ।
६ वटा गाउँपालिका र ३ वटा नगरपालिका रहेको कालिकोटमा मंगलबार रास्कोट नगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको छ ।
यसअघि महाबै, शुभकालीका, नरहरिनाथ, सान्नी त्रिवेणी र पचाल झरना गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा.भीष्म प्रसाद पोखरेलले बताए । उनका अनुसार खाँडाचक्र, तिलागुफा नगरपालिका र पलाता गाउँपालिका गरी ३ वटा स्थानीयलाई यसै साता घोषणा गर्ने तयारी छ ।
मंगलबार रास्कोट नगरपालिकामा आयोजित घोषणा सभामा बोल्दै नगर प्रमुख धर्मराज शाहीले खोप बालबालिकाको जीवन रक्षा गर्ने प्रमुख माध्यम भएकाले टोल टोलमा स्वास्थ्यकर्मी परिचालन गरी खोज र खोप अभियान चलाइएको बताए ।
१६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेर भित्र पर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चितता गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिने उनले बताए ।






