डेंगी संक्रमितको संख्या १४ सय नाघ्यो

काठमाडौँ, ९ असार । नेपालभर डेंगी संक्रमितको संख्या १ हजार ४ सय नाघेको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार डेंगी संक्रमितको संख्या ६ महिनामा (जनवरीयता) १ हजार ४ सय ३ पुगेको छ भने संक्रमण ७३ जिल्लामा फैलिएको छ । 

रसुवा, मनाङ, हुम्ला, डोल्पाबाहेक बाँकी ७३ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ । गत साता मात्र थप ४० जनामा संक्रमण पुष्टि भएको छ । डेंगी संक्रमित सात प्रदेशमध्ये सबैभन्दा बढी बागमतीमा ३ सय ७१ जना, कोशीमा २ सय ९९, गण्डकीमा २ सय ५१, लुम्बिनीमा २ सय ४५, सुदूरपश्चिममा १ सय ८४ जना, कर्णालीमा ३२ जना र मधेशमा २१ जना रहेको ईडीसीडीले जनाएको छ । काठमाडौँमा सबैभन्दा बढी १ सय ५६ जना संक्रमित भेटिएका छन् ।

काठमाडौँको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार डेंगी पुष्टि भएर भर्ना भएका ६ जना बिरामी उपचार गराएर फर्किएका छन् ।

अस्पतालका निर्देशक डा.युवानिधि बसौलाले ओपीडीमा आउने बिरामीमध्ये दैनिक एक/दुई जनामा संक्रमण देखिएको बताए । ‘हरेक दिन एक/दुई जना डेंगी संक्रमित उपचारका लागि आउने गरेका छन्, सँगै मौसमी रुघाखोकीको उपचार गराउन आउने बिरामीको संख्या पनि त्यस्तै छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको