सीमा नाकामा कोरोनाको जोखिम कायमै

काठमाडौँ, ५ असार । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेको छ । 

पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतको हल्द्वानीबाट बुधबार फर्केका बर्दियाका एक जनाको कोरोना भाइसका कारण अवस्था गम्भीर भएको पाइएपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको आइसुलेसनमा राखेर उपचार भइरहेको छ । सीमानाकामा रहेको हेल्थडेस्कमा एन्टिजेन परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको थियो ।

“भारतबाट फर्केका बिरामीमा उच्च ज्वरो, श्वासप्रश्वास र रुघाखोकीको समस्या थियो,” सुदूरपश्चिम प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले भने, “एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आएपछि अस्पतालको ‘आइसुलेसन’मा राखेर उपचार भइरहेको छ ।”

सो नाका हुँदै फर्केका शङ्कास्पद पाँच जनाको एन्टिजेन परीक्षणको कार्य गरिँदा एक जनाको नतिजा मात्रै पोजेटिभ आएको छ ।

महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले आइसुलेसनमा राखेर उपचार भइरहेका बिरामीको स्वास्थ्य अवस्थामा बिहानको तुलनामा सुधार आएको बताए । उनले पुनः कोरोना भाइसको सङ्क्रमण बढ्न थालेपछि आइसुलेसनमा राखेर उपचार भइरहेका बिरामी पहिलो भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने भएको छ । आगामी साउन २५ गतेबाट पार्टीको

काठमाडौँ, २० साउन । दक्षिण कोरियाका राजदूत पार्क तइयोङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा

काठमाडौँ, २० साउन । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरू सार्वजनिक भएको छ  । सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा

काठमाडौँ, २० साउन । एमाले उपमहासचिव योगेश भट्टराईले पार्टी कार्यालय र नेताको निवास विश्वासको केन्द्र हुनुपर्ने बताएका छन् । एमालेका अध्यक्ष