त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

काठमाडौँ, २८ चैत । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालको राजिनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री तथा त्रिवि कुलपति केपी शर्मा ओलीले उपकुलपति प्रा. डा. बरालको राजिनामा आज स्वीकृति गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ । अधिल्लो सरकारले बराललाई २०८० फागुन १० गते नियुक्त गरेको थियो । बरालले १५ चैतमा प्रधानमन्त्री कार्यालयमै पुगेर उहाँको सचिवालयलाई राजीनामा पत्र बुझाउनुभएको थियो ।

उहाँको सचिवालयले भनेको छ, ‘सम्माननीय प्रधानमन्त्री एवं कुलपतिबाट त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा आज स्वीकृत भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।