सरकारले आन्दोलनरत शिक्षकलाई फेरि वार्तामा बोलायो

काठमाडौँ, २६ चैत । शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई पुनः वार्तामा बोलाएको छ ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रतिनिधिसभामा पेश भइसकेको भन्दै शिक्षासँग सम्बन्धित माग राख्दै आन्दोलनमा रहेका शिक्षक तथा कर्मचारीहरूलाई शिक्षा मन्त्रालयले फेरि वार्ताका लागि बोलाएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा मंगलबार जारी गरिएको विज्ञप्तिमा शिक्षकहरूलाई २७ चैत २०८१ को बिहान ११ बजे मन्त्रालयमा उपस्थित हुन अनुरोध गरिएको छ । आन्दोलनरत शिक्षकहरूले भने यसअघि पटक-पटक भएका सम्झौता लागु गर्न माग गर्दै वार्तामा बस्न अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ