एसईईमा पाँच लाख आठ हजार विद्यार्थी सहभागी हुँदै

काठमाडौँ, २८ फागुन । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पूरा भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले आगामी चैत ७ देखि हुने परीक्षाको तयारी पूरा भएको जनाएको छ । सबै जिल्लामा प्रश्नपत्र पुगिसकेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

यस वर्षको एसईईमा पाँच लाख आठ हजार ३९० जना विद्यार्थी सहभागी हुँदै छन् । नियन्त्रक पौडेलका अनुसार, नियमिततर्फ चार लाख ३३ हजार र ग्रेडवृद्धितर्फ ७५ हजार २४५ जनाले परीक्षा दिनेछन् । हालसम्म २७९ वटा परीक्षा केन्द्रको मात्रै टुंगो लागेको र केन्द्र थप हुने उनले बताए । 

यस पटकको एसईईमा सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र तोकिएको छ । नियन्त्रक पौडेलका अनुसार, काठमाडौँ र दैलेखका दुई कारागारबाट विद्यार्थीले एसईई दिनेछन् । यस्तै, भक्तपुरको सुधार गृहबाट पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

यस्तै, यस वर्षको एसईईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुँदै छन् । सो विद्यालयबाट चारजना एचआईभी संक्रमित विद्यार्थीले एसईई दिने नियन्त्रक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता

काठमाडाैँ, ११ भदाै । परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री डा.खलिलुर रहमानबिच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताका क्रममा

काठमाडाैँ, ११ भदाै । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

काठमाडौँ, ११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ