नेपाललाई चाहिने करिब आधा औषधि विदेशबाट आयात

काठमाडौँ, २० फागुन । नेपाललाई आवश्यक पर्नेमध्ये करिब आधा औषधिहरु आयात हुने गरेको औषधि व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार नेपाललाई आवश्यक पर्नेमध्ये ५० प्रतिशत औषधि भारत तथा तेस्रो देशबाट आयात हुने गरेको छ ।

सामान्य भिटामिनहरु, ईन्जेक्सन, एन्टीडाईबेटिक, नार्कोटिक, साईक्रोटिकजस्ता औषधि नेपालमा उत्पादन हुने गरेको छ । दम, क्यान्सरजस्ता दीर्घ तथा गम्भीर रोगका लागि आवश्यक पर्ने औषधिहरु भने विदेशबाट आयात गर्ने गरिएको छ ।

नेपालमा करिब ८ हजार किसिमका औषधि उत्पादन भइरहेका छन् । करिब ९ हजार किसिमका औषधिहरु आयात भइरहेको औषधि व्यवस्था विभागको तथ्याङ्क छ । कच्चा पदार्थ, प्रविधि र उपकरण बाहिरबाट ल्याउनु पर्ने कारण औषधि उत्पादनमा समस्या हुने गरेको विभागको बुझाइ छ ।

नेपालमा उत्पादन हुने औषधिका लागि ८० प्रतिशत कच्चा पदार्थ भारत र २० प्रतिशत चीनबाट आयात हुने गरेको छ । उत्पादक कम्पनीहरुले एउटै प्रकारका औषधि उत्पादनमा जोड दिँदा आयात बढेको अनुमान छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता ‘होल्ड’मा रहेको बताएकी छिन् । आज नुवाकोटमा आयोजित एक कार्यक्रममा

काठमाडौँ, १८ बैशाख । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुकुमबासी पुनर्स्थापना तथा व्यवस्थापनका विषयमा सरकारलाई मानवीय र दीर्घकालीन दृष्टिकोण अपनाउन आग्रह गरेका

काठमाडौँ, १८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा

काठमाडौँ, १८ बैशाख । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३४ सय रुपैयाँले