बलात्कार मुद्दामा दोषी ठहर भएका अभियुक्त पक्राउ

काठमाडौँ, २२ माघ । बलात्कार मुद्दामा सिराहा जिल्ला अदालतबाट दोषी ठहर भएका अभियुक्त पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लहान नगरपालिका २४ का ४५ वर्षीय भोगी भन्ने भोगिन्द पासवानलाई पक्राउ गरेको हो ।

बलात्कारपश्चात अनुसन्धानको क्रममा फरार रहेका अभियुक्त पासवानलाई आइतबार ३ बजे इलाका प्रहरी कार्यालय लहानको टोलीले पक्राउ गरेको हो । उनलाई सोमबार सिराहा जिल्ला अदालतमा पेस गरी कैद भुक्तानका लागि सिराहा कारागार पठाइएको छ ।

उच्च अदालत जनकपुरको राजबिराज इजलासले ९ फागुन २०८० मा १४ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना फैसला सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० चैत । पाकिस्तानको अर्थतन्त्र चालु आर्थिक वर्ष (सन् २०२५–२६) को दोस्रो त्रैमासमा ३.८९ प्रतिशतले वृद्धि भएको छ ।

एजेन्सी, १९ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य कारबाही सफलताको नजिक पुगेको दाबी गरेका छन् । बिहीबार

काठमाडौँ, १९ चैत । इन्डोनेसियाको मोलुका टापुलाई केन्द्रविन्दु बनाएर बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ

एजेन्सी, १८ चैत । इजरायली सेनाले मंगलबार २४ घण्टाको अवधिमा इरानमा २३० भन्दा बढी हवाई हमला गरेको दाबी गरेको छ । अमेरिका–इजरायल