पाकिस्तानको आर्थिक वृद्धि दरमा सुधार

एजेन्सी, २० चैत । पाकिस्तानको अर्थतन्त्र चालु आर्थिक वर्ष (सन् २०२५–२६) को दोस्रो त्रैमासमा ३.८९ प्रतिशतले वृद्धि भएको छ ।

यो वृद्धि मुख्य रूपमा औद्योगिक क्षेत्रको सशक्त प्रदर्शनका कारण भएको सरकारी तथ्याङ्कले जनाएको छ । पाकिस्तान तथ्याङ्क विभागका अनुसार औद्योगिक क्षेत्र ७.४० प्रतिशतले वृद्धि भई अर्थतन्त्रको प्रमुख चालक बनेको छ ।

सेवा क्षेत्र ३.६९ प्रतिशत र कृषि क्षेत्र १.७६ प्रतिशतले वृद्धि भएको छ । यो तथ्याङ्क राष्ट्रिय लेखा समितिको ११६औँ बैठकबाट अनुमोदन गरिएको हो । उक्त समितिले पहिलेका तथ्यांकहरूमा पनि केही संशोधन गरेको छ ।

पहिलो त्रैमासको आर्थिक वृद्धि दर ३.७१ प्रतिशतबाट घटाएर ३.६३ प्रतिशत कायम गरिएको छ । कृषि र औद्योगिक क्षेत्रको तथ्यांक घटाइएका कारण यस्तो संशोधन गरिएको हो ।

पहिलो त्रैमासमा कृषि क्षेत्रको वृद्धि २.७२ प्रतिशत र औद्योगिक क्षेत्रको वृद्धि ८.८६ प्रतिशत कायम गरिएको छ । सेवा क्षेत्र भने केही सुधार भई २.४४ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्