५६५ जनाको निःशुल्क आँखा परीक्षण

रौतहट, ५ माघ । गौर नगरपालिका स्थित आयोजित एक दिन निःशुल्क आँखा शिविरमा ५६५ जना मानिसको आँखाको परीक्षण गरिएको छ।

गौरका मेयर शम्भु साहको विशेष पहलमा आयोजित एक दिने निःशुल्क आँखाको शिविरमा ५६५ जनाको आँखा परीक्षण पछि ३३८ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो । परीक्षण गरिएको मध्ये  २२७ जना महिला पुरुषको आँखामा डाक्टरले मोतीबिन्दु रोग  ठहर गरेको शिविर संयोजक गौर आँखा अस्पतालका प्रतिनिधि सत्येन्द्र पाण्डेले जानकारी दिएका छन्।

डाँक फाउन्डेसनको सहयोग गौर नगरपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति सङ्घ गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सहयोगमा शुक्रवार  एकदिने निःशुल्क शिविरमा मोतीबिन्दु देखिएका बिरामीहरूलाई आइतबारदेखि पूरेनवा आँखा अस्पतालमा क्रमशः अपरेसन  गरिने शिविर इन्चार्ज पाण्डेले बताए । बिरामीहरूलाई गौरबाट आँखा अस्पताल सम्म ओहोर दोहोर गर्न अस्पतालको बसले सेवा दिनेछ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नगरकोट, २५ असाेज । दशैं पर्वलाई लक्षित गर्दै पर्यटकीय क्षेत्र नगरकोटमा चंङ्गा चेट कार्यक्रम आयोजना हुने भएको छ । मण्डनदेउपुर

काठमाडौँ, २५ असोज । गोरखाको बुढीगण्डकी नदीमा आज बिहान आएको बाढीमा परी ५ जना बेपत्ता भएका छन् । बाढीमा परी चुमनुब्री–६

काठमाडौँ, २५ असोज । नेपाली सेनाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ३६ जनाको उद्धार गरेको छ । नेपाली

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज