नेपाल टेलिकमको ५ हजार उपहार सम्बन्धी सूचना झुटो

काठमाडौँ, ४ पौष । नेपाल टेलिकमले आफ्नो नाम र लोगोको दुरुपयोग गर्दै सामाजिक सञ्जालमा फैलिरहेको स्पाम स्क्यामबाट बच्नका लागि ग्राहकवर्गलाई सचेत रहन अनुरोध गरेको छ ।

“नेपाल टेलिकम क्रिसमस गिफ्ट” नाम दिएर पुरस्कार दिने दाबी गर्दै स्क्याम लिङ्क फैलाइएको पाइएको छ । यो स्क्याम लिङ्कको डोमेन नेम अविश्वसनीय र असत्य छ । लिङ्क खोल्दा प्रश्नको उत्तर दिएर पाँच हजार रुपैयाँ जित्न सकिने दाबी गरिएको छ । यस्ता स्क्याम लिङ्कहरू सामाजिक सञ्जालमा, विशेष गरी फेसबुक ग्रुप, म्यासेन्जर, र अन्य प्लेटफर्महरूमा फैलिरहेका छन् ।

नेपाल टेलिकमले सबैलाई आफ्ना सेवाबारे अद्यावधिक जानकारी प्राप्त गर्न केवल आधिकारिक ब्लु टिकसहितका फेसबुक पेज र एक्स जस्ता सामाजिक सञ्जालमा रहेका सूचनामा भरोसा गर्न आग्रह गरेको छ । साथै, कम्पनीको आधिकारिक वेबसाइटलाई आधार मानेर मात्र जानकारी प्राप्त गर्न अनुरोध गरिएको छ ।

नेपाल टेलिकमले सबैलाई स्क्यामबाट बच्न र अनधिकृत लिङ्कहरूबाट टाढा रहन सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १३ बैशाख । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, १३ बैशाख । आज २०८३ साल वैशाख १३ गते आइतबारको राशिफल । मेष : आज धन लाभ हुने दिन छ ।

काठमाडौँ, १२ बैशाख । नेपालगन्जमा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आज हवाईफायर गरी तीन लागुऔषध ‘कारोबारी’लाई पक्राउ