बाढीपहिरोका कारण रोगको प्रकोप फैलिनसक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, १८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी पहिरोपछि विभिन्न रोग फैलिनसक्ने भन्दै सतर्कताका निम्ति सबैमा आग्रह गरेको छ ।

मन्त्रालयले खानेपानीका स्रोतहरू प्रदूषित भएकाले त्यसबाट पानीजन्य रोग फैलिनसक्ने भन्दै यस्तो आग्रह गरेको हो । यही अवस्थामा किटजन्य, छालाजन्य, श्वासप्रस्वासजन्य तथा मानसिक समस्या पनि देखिनसक्ने भन्दै रोकथामका निम्ति सरोकारवालाहरूलाई सजग गराएको छ । 

जनस्वास्थ्य सुरक्षाका लागि आवश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न स्थानीय तह र जिल्लास्तरमा समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको