मोरङमा एक पुरुष घरमै मृत अवस्थामा फेला

काठमाडौँ, ५ असोज । मोरङको पथरीमा एक पुरुष घरमै मृत अवस्थामा फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको शव आफ्नै घरमा फेला परेको हो ।

आज विहान हत्या गरिएको अवस्थामा चन्द्रबहादुरको शव भेटिएको हो । धारिलो हतियार प्रहारबाट हत्या भएको देखिएको छ ।घरमा चन्द्रबहादुर र उनको ज्वाईं अन्दाजी २५ वर्षीय रविन राई बस्दै आएका थिए । घटनापछि रविन फरार छन् ।

चन्द्रबहादुरकी श्रीमती र छोरी (रविनकी पत्नी) वैदेशिक रोजगारीमा छन् । घरमा भने ज्वाईं ससुरा मात्रै बस्दै आएका थिए । रविनको घर पनि ससुरालीको छेउमै छ ।

प्रहरीका अनुसार शुक्रबार राति घरमै मदिरा सेवन ज्वाईं ससुराबीच विवाद भएको थियो । विहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिएपछि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । विराटनगरमा व्यवसाय गर्दै आएका एक पुरुष केशलिया खोलामा मृत फेला परेका छन् । प्रहरीका अनुसार मोरङको विराटनगर

काठमाडौँ, ८ कार्तिक । बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो ४.२ म्याग्निच्युडको धक्का मापन गरिएको भूकम्प मापन केन्द्र

पोखरा, ८ कार्तिक । पोखरा महानगरपालिका–२९, आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको छ । शनिबार साँझ