स्वास्थ्यकर्मीले ‘मुस्कान’सहितको सेवा प्रवाह गर्नुस्ः मन्त्री थापा

धादिङ, १२ भदौ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले अस्पतालमा आउने विरामीलाई स्वास्थ्यकर्मीले मुस्कानसहितको सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ ।

बागमती प्रदेश स्तरीय धादिङ अस्पतालमा मंगलवार बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट बिनियोजित रकमबाट खरिद गरिएको मेमोग्राम मेसिन समुद्घाटन कार्यक्रम साथै अस्पताल निरिक्षण, कर्मचारीसँग अबसर र चुनौती विषयक अन्तरकृया कार्यक्रममा बोल्दै मन्त्री थापाले स्वास्थ्यकर्मीले प्रवाह गर्ने सेवा सहज भएमा मात्र विरामीको आत्मवल बढ्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले आवश्यक मात्रामा जनशक्ति व्यवस्थापन गर्न सकिरहेका छैनौं । त्यसलाई व्यवस्थापन गर्न लागेका छौं । आएका विरामीलाई मुस्कानसहित सेवा प्रवाह गर्न आग्रह गर्दछु ।तपाईको मुस्कान सहितको सेवा भए विरोमीहरुको आत्मावल बढ्छ । तपाईहरुलाई कुनै गाह्र्रो साह्रो पर्दा हामी छौं । तसर्थ: तपाईहरुलाई दिनुपर्ने सेवा सुविधाहरु पनि सरकारले दिनसक्ने गरि व्यवस्थापन गर्न पहल गर्नेछु ।’

क्यान्सरको भयाभह अवस्थालाई न्युनिकरणमा उक्त मेमोग्रामले सहज हुने उल्लेख गर्दै उहाँले भवन, उपकरण तथा जनशक्तिको आधारभुत आवश्यकतालाई पुरा गर्ने विश्वास दिलाउनुभयो । बहुवर्षिय योजना अनुसार हाल भवनको लागि तीन करोड बजेट व्यवस्थापन भएको जानकारी गराउँदै उहाँले डायलासिस मेसिनको क्षमता बृद्धि गर्न आवश्यक पहल शुरु गरिसकेको बताउनुभयो । थप २ वटा डायलासिस मेसिनको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउँदै उहाँले धादिङका जनता उपचारको लागि काठमाडौँ जानुपर्ने अवस्था अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो ।

भौतिक सुधार र आवश्यक जनशक्तिलाई विशेष ध्यान दिइरहेको उल्लेख गर्दै उहाँले स्वास्थ्यलाई सुधार र अस्पतालालाई सुधार, सामाग्रीको व्यवस्थापन गर्दै स्वास्थ्यमा एकरुपता कायम गर्नुपर्नेमा जोड दिनुभयो । समयमा बजेट व्यवस्थापन गर्नुपर्ने आवश्कयता र स्थानीय तहबाट डुव्लीकेशन हुनु नहुने उल्लेख गर्दै उहाँले स्वास्थ्य विमा मार्फतको रकम भुत्तानी दिन संघीय स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको जानकारी गराउनुभयो । राजनीतिमा प्रतिष्पर्धा, विकासमा ऐक्यवद्धता हुनुपर्नेमा जोड दिँदै उहाँले हातमा हात, काँधमा काँध मिलाएर सवैले आफ्नो जिम्मेवारी पुरा गरे पाँच वर्षमा मुलुकलाई विकसित गर्न सम्भव रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी जहाँ वस्छौं । त्यहाँको जिम्मेवारी पुरा गर्नुपर्छ । देश विकार र समृद्धिको लागि पाँच वर्षमा विकसित बनाउन सक्छौं । एकले अर्कालाई कुरा काट्ने हैन, विकासमा ऐकक्यवद्धता र राजनीतिमा प्रतिष्पर्धा गरौं । कुनै समस्या भए प्रत्यक्ष रुपमा सुझाव दिऔं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि २७ वर्षदेखि बन्द ऐतिहासिक वीरगन्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन अघि बढेको

काठमाडौँ, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् परम्परागत चाँगुनारायणको कलश यात्राको क्रममा कलशमा छाँया दर्शन गर्नुभएको छ ।

काठमाडौँ, ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित

काठमाडौँ, ९ भदौ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्र रूपान्तरण भइरहे पनि अभिव्यक्ति स्वतन्त्रता,