त्रिविमा गुण्डागर्दी गर्ने छुट कसैलाई छैन : मन्त्री भट्टराई

काठमाडौँ, ५ भदौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा गुण्डागर्दी गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।

केहिदिन यता त्रिविका पदाधिकारीमाथि हमला गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले प्राध्यापकहरुलाई समेत धम्की दिनु सिङ्गो विश्वविद्यालय नै असुरक्षित भएको बताउनुभयो । उहाँले त्यस्ता व्यक्तिलाई तत्तकाल कारवाही गर्न गृहमन्त्रालयसँग माग समेत गर्नुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘त्रिभुवन विश्वविद्यालयमा केहि दिनदेखि पदाधिकारीहरु माथि हमला गर्न खोज्नु र प्राध्यापकहरुलाई फोन गर्दै धम्कि दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि ब्यबस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसङ्ग जोडदार माग गर्दछु । गुण्डागर्दी गर्ने छुट कसैलाई छैन यस्तो क्रियाकलापमा संग्लग्न ब्यक्तिहरुलाई कानुनी दायरामा ल्याई कार्वाही गर्न समेत म गृहमन्त्रालयलाई गम्भीरताका साथ अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नुवाकोट, १४ भदौ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले स्रोतको कुनै कमी

अमेरिका, १४ भदौ । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा

काठमाडौँ, १३ भदाै । संयुक्त राष्ट्रससङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई कूटनीतिक माध्यमबाट द्वन्द्व अन्त्य गर्न वार्ता पुनः सुरु

काठमाडौँ, १३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप