(कात्तिक २६, काठमाडौं) । काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुख चीन प्रस्थान गरेका छन् ।
चीनको हुआन सहरमा नोभेम्बर १४ देखि १६ सम्म हुने ‘चाइना इन्टरनेशनल फ्रेण्डशीप सिटिज कन्फरेन्स २०१८’ भाग लिन महानगर प्रमुख विद्या सुन्दर शाक्य र उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी सोमबार दिउँसो प्रस्थान गरेका छन ।
चाइनीज पिपुल्स एशोशिएसन फर फ्रेण्डशीप विथ फरेन कन्ट्रिज (सिपिएएफएफसी), चाइना इन्टरनेशनल फ्रेण्डशीप एशोसिएन (सिआइएफसिए) र हुआन म्युनिसिपल्स पिपुल्स गभर्मेन्टले सम्मेलनको आयोजना गरेका हुन् ।
आधुनिक र वातावरणमैत्री सहर निर्माण गर्न तथा साझा समृद्धिका लागि उन्नत अनुभव आदान प्रदान गर्न सम्मेलनको आयोजना गरिएको बताइएको छ ।






