एसईईको उत्तरपुस्तिका परीक्षणमा कमजोरी देखियो : मन्त्री भट्टराई

काठमाडौँ, ९ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षणमा कमजोरी भएको बताएकी छन् ।

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले राष्ट्रिय परीक्षा बोर्डसँग छलफल गर्दा परीक्षण तथा अंक चढाउने गर्दा समस्या हुने गरेको सुनाइन् ।

उनले भनिन्, ‘पुनर्योग नतिजा आउन थालेपछि बोर्डसँग हामीले छलफल गर्दा चेकिङमा पनि इरर, नम्बर पोस्टिङ गर्दा अथवा इन्ट्री गर्दा पनि इरर देखियो ।’ मन्त्री भट्टराईले अब पुरक परीक्षापछि बोर्डको लापरबाहीबारे अध्ययन गरिने जानकारी गराइन् । उनले भनिन्, ‘अध्ययनको क्रममा आउने निष्कर्षको आधारमा गर्नुपर्ने काम गर्छौं । परीक्षा बोर्डलाई नै पुनर्संरचना गर्नुपर्ने हो वा के हो, के कारणले कमजोरी भयो भन्ने बारेमा पुनरावलोकन हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार

काठमाडौँ, १२ कार्तिक । मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान

काठमाडौँ, १२ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहने