भक्तपुरलाई शैक्षिक हव बनाउन संस्थागत विद्यालयका संगठन एक ठाउँमा

भक्तपुर, ७ साउन । भक्तपुर जिल्लालाई शैक्षिक हव बनाउन संस्थागत विद्यालयका छाता संगठनका पदाधिकारी एकताबद्ध भएका छन्।

आइतबार नेपाल प्रेस सोसाइटी भक्तपुरले सूर्यविनायकमा आयोजना गरेको “भक्तपुरलाई शैक्षिक हव बनाऔं“ बिषयक अन्तरक्रिया कार्यक्रममा संस्थागत विद्यालयको संघ प्याब्सन भक्तपुर, हिसान भक्तपुर, नेशनल प्याब्सन भक्तपुर, र इसान भक्तपुरले संयुक्त रुपमा प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रमका प्रमुख बक्ता हिसान भक्तपुरका अध्यक्ष अनिल कस्पालले भक्तपुरलाई शैक्षिक हबको रुपमा स्थापित गर्न विद्यार्थी, अभिभावक, र जनमानसमा यसको महत्त्व बताउनुपर्नेमा जोड दिनुभयो। कस्पालले भक्तपुरको शैक्षिक अवस्थालाई थप मजबुत बनाउनको लागि सहकार्य र सहभागिता आवश्यक रहेको उल्लेख गर्दै, अब टाढा जानु नपर्ने अवस्थामा ल्याउनु पर्ने बताए।

नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले संस्थागत विद्यालयहरूले नतिजा सुधार्न महत्वपूणर् भूमिका खेलेको र सरकारले तोकेअनुसार छात्रवृत्ति प्रदान गरी वार्षिक ५० लाख रुपैयाँ योगदान पुर्याएको भएतापनि विभिन्न शिक्षाविद्ले शैक्षिक माफिया भनेर निराधार आरोप लगाउने गरेको बताउनुभयो।  

प्याब्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले शिक्षा निजि र सार्वजनिक नहुने भन्दै, आफुहरू सरकारको नीति र प्रणालीअनुसार नै चलेको तर स्रोत व्यवस्थापनमा मात्र फरक रहेको बताउनुभयो। श्रेष्ठले निजि विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गरी सरकारलाई सहयोग गरेको स्पष्ट पार्नुभयो।  

कार्यक्रममा प्रमुख अतिथि तथा सूर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख रत्नबहादुर कटुवालले सरकारले बर्षेनी शिक्षामा ठूलो बजेट खर्च गरेको उल्लेख गर्दै सामुदायिक र संस्थागत विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्नमा जोड दिनुपर्ने धारणा राख्नुभयो। कटुवालले सरकारी नीतिहरू प्रभावकारी बनाउनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए।

नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय विद्यार्थी, पत्रकार, र शिक्षासेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको उद्देश्य र सफलतामा सबैको सहभागिता र समर्थनको महत्त्वलाई जोड दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार