तनहुँमा प्रशोधन योग्य आलु उत्पादनमा वृद्धि

काठमाडौँ, ५ साउन । कृषि ज्ञान केन्द्र तनहुँले आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लामा प्रशोधन योग्य आलु उत्पादनमा वृद्धि भएको छ ।

कार्यालयले चालु आर्थिक वर्षमा समुदायस्तरमा प्रशोधन योग्य आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लाका १२ सहकारीमार्फत रु एक करोड २१ लाखको आलुको कारोबार भएको छ । 

कार्यालयले आलु प्रवद्र्धन कार्यक्रमअन्तर्गत १२ सहकारीलाई रु एक करोड चार लाख ९५ हजार अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । उक्त कार्यक्रमका लागि रु एक करोड ४० लाख विनियोजन गरिएको थियो । सहकारीलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदान दिइएको छ । 

सहकारीमार्फत एक हजार रोपनी क्षेत्रफलमा आलुखेती गरिएको र त्यसबाट पाँच सय २९ मेट्रिकटन प्रशोधनयोग्य आलु उत्पादन भएको प्रमुख लामिछानेले बताए । सो कार्यक्रममार्फत सहकारीले प्रशोधनयोग्य ९१ दशमलव ८८ मेट्रिकटन बीउ खरिद गरी कृषकलाई वितरण गरिएको थियो । त्यस्तै १७ मिनीटिलर, ४८ स्प्रेयर, ६ डिजिटल तराजु, दुई ड्याङ बनाउने मेसिन तथा ९२ क्रेट खरिद गरिएको छ । यस्तै दुई सय ३५ मिटर पक्की कुलो निर्माण, एक हजार ६ सय ८३ मिटर पाइप तथा तीनवटा पम्प खरिद गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ