उपराष्ट्रपति यादव र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ, ५ असोज । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भेटवार्ता गरेका छन् ।

आज उनीहरूबीच भएको भेटमा भदौ १० गते गएको विनाशकारी बाढीका बारेमा कुराकानी भएको बताइएको छ ।

भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षति तथा सहयोगलगायतका विषयमा विचार–विमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले भोटेकोशी बाढीमा नेपाली, चिनियाँ तथा अन्य विदेशी नागरिकको मृत्यु, सम्पत्ति र पूर्वाधारमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे ।

आकस्मिक विपत्तिपछि चीनबाट पाँच चरणमा प्राप्त मानवीय राहत सहयोग, उद्धारमा संलग्न नौ सदस्यीय सुरुङ उद्धार टोली तथा मृतकहरूको पहिचानका लागि सहयोग पुर्‍याइरहेका १५ जना फरेन्सिक विशेषज्ञप्रति उनले आभार व्यक्त गरे । चीन सरकारद्वारा उपलब्ध गराइएको २० लाख अमेरिकी डलर सहयोग तथा चिनियाँ रेडक्रस सोसाइटीमार्फत प्रधानमन्त्री राहत कोषमा प्रदान गरिएको थप दुई लाख अमेरिकी डलर सहयोगका लागि पनि धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ७ कार्तिक । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ

उदयपुर, ७ कार्तिक । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा चार जना मृतावस्थामा फेला परेका छन् । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङको पथरी

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार