रौतहटमा जन्ती बोकेको स्कार्पियो नहरमा खस्यो: दुई जनाको मृत्यु

रौतहट, २८ असार । रौतहटको गढिमाई नगरपालिकाको ६ सिंगारमन धर्मपुरमा जन्ती बोकेको भारतीय नम्बरको स्कार्पियो नहरमा पल्टिएर दुई जनाको मृत्यु भएको छ  । 

मृत्यु हुनेमा काठमाडौं घर भएका ५५ बर्षीय कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा गाउँपालिका ३ सुन्दरपुर बस्ने रबिन्द्र पंडितको छोरी  बर्ष ७ की स्वेता पंडित रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए । प्रहरीका अनुसार गढिमाई ६ सिङगारमन स्थित भित्रि सडक खण्ड धर्मपुर नहरमा धनहारी गाँउबाट सर्लाहीतर्फ जन्ति बोकी जादै गरेको एचआर ७ डी ८३८२ नम्बरको स्कार्पियो गाडी आज बिहान ९ बजे अनियन्त्रित भई नहरमा पल्टिएको थियो ।

उक्त गाडीमा जम्मा १२ जना सवार  सवार मध्ये ५ जना सकुशल रहेको, ३ जना नाम थर वतन नखुलेको स्थानीय अस्पताल तर्फ उपचार गर्न पठाईएको प्रहरीले जनाएको छ। चालक भने फरार भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । सयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो

काठमाडौँ, १० भदौ । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारका लागि निर्देशन

काठमाडौँ, १० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी र पहिरोको यो महाविपद्को समयमा सबै राजनीतिक

हेटौडा, १० भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवामा आएको भीषण बाढीपछि विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा