बेलायतको पुनर्निर्माण गर्ने नवनियुक्त प्रधानमन्त्री स्टार्मरको प्रतिबद्धता

काठमाडौँ, २२ असार । बेलायतका नवनियुक्त प्रधानमन्त्री लेबर पार्टीका किअर स्टार्मरले देशको पुनर्निर्माणका लागि तत्कालै काम शुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले देशको भाग्य पुनःस्थापित गर्नका लागि तत्काल काम कारबाही थाल्ने वाचा गर्ने बीबीसीले जनाएको छ । बेलायतमा अस्ति भएको संसदीय चुनावमा अत्याधिक बहुमत पाएसँगै स्टार्मर हिजो नयाँ प्रधानमन्त्रीमा नियुक्त भएको हो । लेबर पार्टीले ऋषि सुनकको कन्जरभेटिभको १४ वर्षको शासन अन्त्य गर्दै जित हासिल गर्यो ।

सुनक लिज ट्रसको कार्यकालपछि सन् २०२२ को अक्टोबरमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएका थिए । बेलायतमा घट्दो सार्वजनिक सेवा, उच्च मूल्य र दलहरुका वाचा पुरा नहुँदा निराशा बढ्दै गएको अवस्थामा स्टार्मर नयाँ प्रधानमन्त्रीमा नियुक्त भएको र नागरिकका अपेक्षा पुरा गर्नुपर्ने जिम्मेवारी रहेको विश्लेषक बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका