८० किलो गाँजासहित दुईजना पक्राउ

काठमाडौँ, २६ जेठ । अवैध लागुऔषध गाँजा करिब ८० किलोसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित सडकबाट उक्त परिमाणको गाँजासहित शनिबार दिउँसो उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–१० का २५ वर्षीय मानबहादुर वाइवा र मकवानपुरको राक्सिराङ गाउँपालिका–५ का २६ वर्षीय सुमन स्याङताङ छन् । उनीहरू बा१०च ३६१९ नम्बरको कारमा मनहरीबाट पथलैयातर्फ जाँदै थिए ।

प्रहरी जाँचका क्रममा डिकीमा लुकाइछिपाइ राखिएको उक्त परिमाणको गाँजा फेलापरेको थियो । त्यसपछि कारका चालक मानबहादुर र त्यसमा सवार सुमनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर