सफा हिमाल अभियान अन्तर्गत ११ टन फाेहाेर सङ्कलन

काठमाडौँ, २४ जेठ । सफा हिमाल अभियान–२०२४ अन्तर्गत नेपाली सेनाले ११ टन फोहोर, ४ वटा मानव शव र एक अस्थिपञ्जर सङ्कलन गरेको छ ।

बुधवार काठमाडौँमा अभियान समापन समारोहको आयोजना गर्दै सेनाले यसबारेमा जानकारी दिएको हो । समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले ५५ दिनसम्म सञ्चालित अभियानमा कति मात्रामा फोहोर सङ्कलन भयो भन्ने कुराले मात्र अभियानको महत्त्व उजागर गर्न नसक्ने बताए ।

प्रधानसेनापति शर्माले झन्डै एक लाख फौज भएको देशले १० हजार फौजलाई वातावरण संरक्षणमा प्रयोग गर्नु उदाहरणीय काम भएको बताए । प्राकृतिक संरक्षण कार्यमा सेना खटाउने कुरा बिरलै देशमा मात्रै हुने गरेको उनको भनाइ छ । प्रधानपति शर्माले सफाइ अभियान सञ्चलन गर्नु जटिल, चुनौतीपूर्ण र साहसिक कार्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ २’को असोज २ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले

काठमाडौँ, १५ बैशाख । चलचित्र ‘बा : एक योद्धा’ आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले

काठमाडौँ, १४ बैशाख । विराज भट्ट र सुशील श्रेष्ठ स्टारर एक्सन ड्रामा ‘राम नाम सत्य’ले देशब्यापी ३ करोड ३१ लाख

काठमाडौँ, १४ बैशाख । अभिनेता दीपकराज गिरी र दीपाको  आगामी फिल्म ‘छ माया छपक्कै २’ को छायांकन आजदेखि सुरु भएको छ