नेपालमा आधारभूत तहमा महिला शिक्षकको सङ्ख्या धेरै

काठमाडौँ, १४ जेठ । नेपालमा महिला शिक्षकको सङ्ख्या बढ्दै गएको देखिएको छ । अर्थमन्त्री वर्षमान पुनले हिजो सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणले यस्तो तथ्य देखाएकाे हाे ।

सर्वेक्षणअनुसार शैक्षिक सत्र २०८० मा आधारभूत तह कक्षा (१ देखि  ५ सम्म ) मा महिला शिक्षकको सङ्ख्या ५४ दशमलव १ प्रतिशत पुगेको छ । शैक्षिक सत्र २०७९ मा यो सङ्ख्या ४७ दशमलव २ प्रतिशत थियो ।

एक वर्षको अवधिमा महिला शिक्षकको सङ्ख्यामा ७ प्रतिशतको वृद्धि भएको देखिएको छ । यद्यपि माध्यमिक तह (कक्षा (९ देखि  १२ सम्म ) मा भने महिला शिक्षकको सङ्ख्या कम छ । यो तहमा १९ प्रतिशतमात्र महिला शिक्षक रहेको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रतिकूल मौसम र अत्यन्त चुनौतीपूर्ण परिस्थितिका बाबजुद रसुवास्थित

काठमाडौँ, १३ भदाै । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरी नौबुँदे ध्यानाकषर्णपत्र

काठमाडौँ, १३ भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोसी नदीमा आएको विनाशकारी बाढी उद्धार कार्यलाई थप प्रभावकारी बनाउन छिमेकी देशहरूबाट प्राविधिक

काठमाडौँ, १३ भदौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ