एचआईभी संक्रमित महिलालाई प्रयोग गरेर कोकिन तस्करी

काठमाडौँ, ३ जेठ । लागुऔषध कोकिनको तस्करीमा संलग्न गिरोहले एचआईभी संक्रमित महिलालाई प्रयोग गरेर तस्करी गराउने गरेको खुलेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी), काठमाडौँले करिब ८ करोड मूल्य बराबरको कोकिन तस्करीमा संलग्न तीन व्यक्तिलाई समात्दा एचआईभी संक्रमित महिलालाई प्रयोग गरेको भेटिएको हो । कतारबाट ल्याएको १ किलो २६० ग्राम कोकिनसहित गएको आइतबार युगान्डाकी ४४ वर्षीया केभिना मुल्गाला पक्राउ परेकी थिइन् ।

उनी एचआईभी संक्रमित भएको खुलेको छ । शंका लागेर नेपाल प्रहरी अस्पतालमा लगेर जाँच गर्दा उनको पेटमा ९० वटा कोकिनको क्याप्सुल भेटिएको हो । केभिनाको पेटबाट १ किलो २६० ग्राम कोकिन बरामद भएको थियो । उनीबाट प्राप्त सूचनालाई पछ्याउँदै जाँदा प्रहरीले बुधबार युगान्डाकै नागरिक लिलिएन सुसनलाई फेला पारेको थियो । उनले सुटकेसभित्र लुकाएर राखेको अवस्थामा १ किलो ३९४ ग्राम कोकिन बरामद गरिएको थियो ।

उनीहरूले ल्याउने कोकिन डेलिभरीको जिम्मा पाएकी भारतीय नागरिक ३३ वर्षीया देवा जना पाललाई पनि ब्यूरोले समातेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा बरामद कोकिन भारततर्फ जाने गरेको देखिएको एसएसपी थपलिया बताउँछन् । दुई युगान्डाका नागरिकको जिम्मा काठमाडौँसम्म मात्र ल्याउने थियो । यहाँबाट भारतसम्म लैजाने जिम्मा देवाले पाएकी थिइन् ।

भारतको नेक्ससबारे पनि अनुसन्धान गर्न त्यहाँको लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी) इण्डियालाई सूचना दिइएको प्रहरी स्रोत बताउँछ । नेपालमा पक्राउ परेका तीन जनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको