खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौँ, २९ चैत । लागुऔषध खैरो हेरोइनसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ का ३५ वर्षीय मनोज राई र काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ का ३० वर्षीय रवीन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो  ।

पक्राउ परेका राई लागुऔषध खैरो हेरोइनको कारोबारी भएको प्रहरीले जनाएको छ । राईको साथबाट प्रहरीले ४१ ग्राम खैरो हेरोइन बरामद गरेको छ । यस्तै, १० ग्राम खैरो हेरोइन बिक्री गरेबापत प्राप्त ४३ हजार रुपैयाँ समेत बरामद गरिएको छ ।

प्रहरीका अनुसार, पक्राउ परेका मध्ये राई भारतीय सेना (गोर्खा रेजिमेन्ट)मा कार्यरत सिपाही रहेको खुलेको छ । उनीमाथि थप अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ बैशाख । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव

काठमाडौँ, १८ बैशाख । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा भन्सारमा कडाइ गर्दा सीमा वरपर बस्ने नेपाली नागरिकले

काठमाडौँ, १८ बैशाख । प्रधानमन्त्री बालेन शाहले हरेक यात्रा समस्या निवारणको मार्गमा हुनुपर्ने उल्लेख गरेका छन् । आज बुद्ध जयन्तीको

काठमाडौँ, १८ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच