डेंगु सङ्क्रमणबाट सजगता अपनाउन विज्ञको सुझाव

काठमाडौँ, २६ चैत । एडिज जातका लामखुट्टेको टोकाइबाट डेंगु सर्दछ । एडिज जातका लामखुट्टे सफा पानीमा जम्मा हुने भएकाले जुनसुकै भाँडोमा हुर्कन सक्छ ।

एडिज जातको लामखुट्टेले जुनसुकै समयमा टोक्ने सम्भावना भएकाले डेंगुबाट जोगिन सचेत हुनु पर्ने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनको सुझाव छ ।

डेंगुबाट जोगिन निम्न कुरामा ध्यान दिनुपर्दछ:

–पूरा बाहुला भएको लुगा लगाउने

–झुलभित्र सुत्ने

–घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने

–घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने

–खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने

–गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा साताको एक पटक फेर्ने

–साँझ, बिहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकुन् भनेर विशेष सावधानी अपनाउने ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, सुनसरी, तनहुँ, झापा, धादिङ, कास्की, मोरङ लगायतका क्षेत्रमा बढी डेंगु सङ्क्रमित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । २०८३ साल असोज ६ गते मंगलबारको राशिफल ।   मेष: दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई