उपमेयर डंगोलद्वारा उपभोक्ताको सुरक्षामा ध्यान दिन औषधि बिक्रेतालाई आग्रह

काठमाडौँ, २६ फागुन । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आम उपभोक्ताको सुरक्षामा ध्यान दिन औषधि बिक्रेताहरूलाई आग्रह गरेकी छन् ।

आज नेपाल औषधि व्यवसायी संघ, काठमाडौँ जिल्ला शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै उपमेयर डंगोलले स्वास्थ्यजस्तो गम्भीर असर पुग्ने कुरालाई मनन गरेर अघि बढ्न सबै औषधि विक्रेताहरूको ध्यानाकर्षण गराइन् । काठमाडौँको धेरैजसो फार्मेसी तथा पोलिक्लिनिकहरूमा म्याद गुज्रिएको औषधि तथा प्रयोगहीन भइसकेका भ्याक्सिनहरू बिक्री गर्ने गरेको पाइएको उल्लेख गर्दै आम उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने काम नगर्न उनले सचेत गराइन् । 

बिक्रेताहरूले आम उपभोक्ताको विश्वास जित्ने गरी बिक्री वितरणको काम गर्नुपर्ने उनको भनाइ थियो । नेपाल औषधि व्यवसायी संघ, काठमाडौँ जिल्ला शाखाले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उपमेयर डंगोलले स्वास्थ्यजस्तो गम्भीर असर पुग्ने कुरालाई मनन गरेर अघि बढ्न सबै औषधि विक्रेताहरूको ध्यानाकर्षण गराइन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय

काठमाडौँ, ३ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइने बताएका छन् । आज मध्यपश्चिम विश्वविद्यालयको

काठमाडौँ, ३ असार । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक

काठमाडौँ, ३ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सन् २०२६ मा जापानमा आयोजना हुने २० औँ एशियाली