दादुरा-रुबेलाविरुद्धको खोप २० लाख बालबालिकाले लगाए

काठमाडौँ, २४ फागुन । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् ।

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार, कुल ५७ लाख ४२ हजार ९९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका हुन् । ४४ जिल्लाको प्रारम्भिक प्रतिवेदनानुसार करिब ३४ प्रतिशतले खोप लगाएका छन् ।

३१ जिल्लाबाट अझै रिपोर्ट प्राप्त भएको छैन भने हिमालका ११ जिल्लामा हिउँ परेकाले भर्खर मात्रै अभियान सञ्चालन गरेका छन् । दादुरा–रुबेला संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ देखि आउँदो चैत ७ गतेसम्म ७५ जिल्लामा खोप अभियान सञ्चालन गरिएको हो । भूकम्पले प्रभावित भएका जिल्ला रुकुम पश्चिम र जाजरकोटमा यसअघि नै खोप लगाइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १८ बैशाख । सैन्य ‘कू’ पछि हिरासतमा राखिएकी म्यानमारकी पूर्व नेतृ आङ सान सुकीलाई नजरबन्दमा राखिने भएको छ । म्यानमारको जुन्ता

एजेन्सी, १७ बैशाख । लिबियाको पूर्वी तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा सात जनाको सकुशल उद्धार गरिनुका साथै १७

एजेन्सी, १७ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चाँडै चतुरता देखाउन (स्मार्ट हुन) र आणविक कार्यक्रमहरूमा कडा नियन्त्रणको माग

एजेन्सी, १७ बैशाख । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव