महराले दिए डेढ घण्टा बयान

काठमाडौँ, २५ माघ । पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी जाँचबुझ आयोगमा बयान दिएका छन् ।

आयोग स्रोतका अनुसार महराको बयान सकिएको छ । सिंहदरबारस्थित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा महराले डेढ घण्टा बयान दिएर फर्केका छन् । बिहीबार बयान दिन पुगेको भवनमा उनी गृहमन्त्री भएर काम गरेका थिए । आयोगका पदाधिकारीहरुले महरासँग इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी भएको घटनामा उनको संलग्नताबारे प्रश्न गरेका छन् ।

सीआईबीले महराको बयान कायज गराएर उनलाई प्रतिवादी कायम नगरीकन अनुसन्धान प्रतिवेदन बुझाएको थियो । चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको ‘भेप’ छुटाउन आफूले तत्कालीन भन्सार प्रमुखलाई ‘फोन मात्रै गरेको’ उनले यसअघि सीआईबीका अनुसन्धान अधिकृतहरुसँग बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । सर्वोच्च अदालतले द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका घटनामा परेका जुरीहरू छिटो छरितोरुपमा टुंगो लगाउन आदजेश जारी गरेको छ

काठमाडौँ, १७ बैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले बालविवाह अन्त्यका लागि त्यसका मूल कारण पहिचान गरी काम

काठमाडौँ, १७ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय

दाङ, १६ बैशाख । एमसिए–नेपालले पूर्व–पश्चिम राजमार्गको ४० किमि लामो धानखोला – लमही सडक खण्ड स्तरोन्नति कार्य शुभारम्भ गरेको छ