श्रीमानको आक्रमणबाट श्रीमतीको मृत्यु

पाँचथर, २७ पौष । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा श्रीमानको आक्रमणबाट श्रीमतीको ज्यान गएको छ ।

मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेकी ३५ वर्षीया गोमा फियाकलाई तुम्बेवा–४ मा रहेको घरबाट मिक्लाजुङ-३ ससुराली घर पुगेर ३५ वर्षीय असफल कुरुम्वाङले खुकुरी प्रहार गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

खुकुरी प्रहारबाट गोमाको ज्यान गएको र आमा कान्छीमाया र छिमेकी महेन्द्र श्रेष्ठ घाइते हुनुभएको छ । घाइते उहाँहरुलाई उपचारका लागि दमक पठाइएको छ । माइतीघर बस्दै आएकी गोमासँगको विवाद मिलाउन ससुराली घर पुगेका कुरुम्वाङले छलफल चलिरहेका बेला खुकुरी हानेका थिए ।

श्रीमतीको हत्यापछि उनी फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका