‘दिगो विकासको लक्ष्य प्राप्त गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य’

काठमाडौँ, २३ मंसिर । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले दिगो विकासको लक्ष्य हासिल गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शनिवार भएको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले भ्रष्टाचार नियन्त्रणबाट नै दिगो विकासको लक्ष्य भेट्टाउन सकिने बताएका हुन् । भ्रष्टाचार नियन्त्रण गर्न सकिए उक्त रकम विकासका कार्यक्रममा खर्च सकिने भएकाले त्यसले दिगो विकासको लक्ष्य भेट्टाउन सकिने बताएका हुन् । 

पैसा र समयको भ्रष्टाचारले पनि देश विकासमा समेत पछाडि परेको भन्दै यस्ता भ्रष्टाचार नियन्त्रण गर्न सबैको महत्त्वपूर्ण भूमिका हुने बताएका हुन् । मुख्यसचिव अर्यालले रोजगारी सिर्जना, लैङ्गिक समानता हासिल गर्न स्वास्थ्य, शिक्षाजस्ता आधारभूत सेवामा व्यापक पहुँच पुराउनका लागि पनि भ्रष्टाचारविरुद्ध पहलकदमी आवश्यक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate