चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ, १८ मंसिर । चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टी आर एस लोजिपार्क प्रालीबीच सम्झौता भएको छ ।

आज समिति र प्रालीबीच पाँच वर्षका लागि दुई करोड ८८ लाख रुपैयाँ न्यूनतम सट्टापट्टा बहाल र नियमअनुसार महसुल बाँडफाँट गर्नेगरी सम्झौतामा हस्ताक्षर भएको हो । करार सम्झौता समितिका निर्देशक युवक डंगोल र सञ्चालक कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक मुकेशकुमार राठीले हस्ताक्षर गर्नुभयो ।

हस्ताक्षरपछि सञ्चारकर्मीसँग कुरा गर्दै समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले संस्थाले न्यूनतम शुल्क लिएर स्तरीय सेवा दिई वार्षिक एक सय ३० करोड रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको बजेटमा इन्टरमोडल यातायात विकास समितिको कार्यालय खारेजी गर्ने बताए पनि कार्यालय खारेजी नहुने दाबी गर्नुभयाे । संस्था अझै बलियो भएर जाने र खारेजी भए पनि कुनै समस्या नपर्नेगरी व्यवस्थापन गर्नेतर्फ आफूहरूले सोचिरहेको उहाँकाे भनाइ छ ।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि प्रबन्ध निर्देशक राठीले बन्दरगाह सञ्चालनमा केही चुनौती रहे पनि त्यसलाई मध्यनजर गरी गृहकार्य शुरु गरिसकेको बताउनुभयो । आफूहरूले दिने सेवा स्तरीय बनाउन प्रयास गर्ने उहाँकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ६ कार्तिक । सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ लौकहीस्थित

काठमाडौँ, ६ कार्तिक । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६

काठमाडौँ, ६ कार्तिक । काठमाडौँको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने

तनहुँ, ६ कार्तिक । तनहुँमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।