पर्वको समयमा स्वास्थ्य सेवा र जानकारीका लागी १११५ /११३३ मा सम्पर्क गर्न सुझाव

काठमाडौँ, २९ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता तथा प्रमुख कन्सल्टेन्ट हेस्टल सर्जन डा. प्रकाश बुढाथोकीले सार्वजनिक विदालगायत तिहार, छठको समयमा पनि एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् ।

यस्तै, आकस्मिक चिकित्सकीय समूह (EMT), आधारभूत आकस्मिक मेडिकल प्राविधिक (BEMT) लगायतका  सेवाहरूलार्ई तयारी अवस्थामा राखी सम्पूर्ण अस्पतालहरूका आकस्मिक स्वास्थ्य सेवा सुनिश्चितता गर्न उनको निर्देशन छ ।

पर्वको समयमा स्वास्थ्य सेवा र जानकारी आवश्यक आवश्यक परेको खण्डमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हटलाइन नम्बरहरू  १११५  र  ११३३ मा सम्पर्क गर्न उनको सुझाव छ ।  यस्तै, भाइटीकाको बेलामा असन्तुलित खानपान र जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले सचेत हुन उनको सुझाव छ । तिहारमा सेतो मासु, फलफूल र रेशादार खानेकुराहरू खान उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको