चिसो बढे पनि डेंगुको जोखिम कायमै

काठमाडौँ, १९ कार्तिक । यो वर्ष अक्टोबर अन्तिमसम्म डेंगु संक्रमितको संख्या ४४ हजार नाघेको छ । जाडोयाम सुरु भएपनि डेंगुको जोखिम कायमै रहेको विज्ञहरू बताउँछन् । गतवर्ष सन् २०२२ मा कुनैपनि महिनामा डेंगी शून्यमा झरेको थिएन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता १ नोभेम्बरसम्म ४४ हजार ८४ जना संक्रमित भएका छन् । डेंगुका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।

जुलाईयता उच्च बनेको डेंगी संक्रमण नोभेम्बर मध्यसम्म बढ्नसक्ने ईडीसीडीको आँकलन छ । यसअघिका दुई महिनामा उच्च नभए पनि संक्रमितको संख्या थपिने देखिन्छ ।

जाडो बढ्दै गए पनि लामखुट्टेको वृद्धि विकासमा कमी नआएकाले डेंगीको जोखिम कम नभएको विज्ञहरू बताउँछन् । डेँगी ’एडीस एजिप्टी’ र ’एडिस एल्बोपिक्टस’ प्रजातिका पोथी लामखुट्टेको अन्डा ६ महिनादेखि एक वर्षसम्मपनि प्रजननयोग्य अवस्थामा रहनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का अभिनित आगामी फिल्म ‘अक्षरा’को पहिलो झलक सार्वजनिक भएको छ । डेब्यू फिल्म

काठमाडौँ, १२ असार । चलचित्र ‘इलिफेन्ट्स इन द फग’को नेपाल रिलिज तय भएको छ । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली

काठमाडौँ, १० असार । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ

काठमाडौँ, ९ असार । काठमाडौँको थापागाउँमा अवस्थित मण्डला थिएटरमा नाटक ‘इजलास’ मञ्चन हुने भएको छ । गत आइतबार (७ असार)मा