इजरायलमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई २ लाख राहत दिने सुदूरपश्चिम सरकारको निर्णय

धनगढी, २२ असोज । इजरायलमा विद्रोही समूहको आक्रमणबाट मारिएका सुदूरपश्चिमका विद्यार्थीका प्रत्येक परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाखका दरले राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार एक विज्ञप्ति जारी गर्दै २ लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेका हुन् ।

शनिबार इजरायलमा विद्रोही समूहको आक्रमणबाट सुदूरपश्चिम विश्वविद्यालयका दश नेपालीको मृत्यु भएको थियो । साथै मुख्यमन्त्री शाहले मृतकका शव ल्याउन सहजीकरण गरिदिन संघीय सरकारलाई अनुरोध पनि गरेका छन् । उनले सम्पर्कबिहीन रहेका र घाइते विद्यार्थीको उद्धार गरिदिन समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ