टेलर स्वीफ्टको फिल्म रिलिज हुन बाँकी छँदै बन्यो ब्लकबस्टर

काठमाडौँ, २० असोज । टेलर स्वीफ्टको इरास टुर फिल्म हलमा आउन एक साता बाँकी हुँदै ब्लकबस्टर बनेको छ । वितरण कम्पनी एएमसीले फिल्मको विश्वव्यापी अग्रिम टिकट बिक्री १०० मिलियन अमेरिकी डलर रहेको जनाएको छ ।

फिल्म घोषणा भएदेखि नै टिकटको माग अविश्वसनीय रहेको एमएसीले जनाएको छ । फिल्मलाई एकै दिनमा सबैभन्दा धेरै टिकट बिक्रीको रेकर्ड तोड्न २४ घण्टाभन्दा कम समय लागेको कम्पनीले जनाएको छ ।

यो फिल्म जस्टिन बिबरको ‘नेभर से नेभर’लाई उछिनेर इतिहासको सबैभन्दा नाफा कमाउने कन्सर्ट फिल्म बनेको छ । कन्सर्टका फुटेज मिश्रण गरिएको जस्टिन बिबरको उक्त कन्सर्ट फिल्म सन् २०११ मा रिलिज भएको थियो र यसले ९९ मिलियन डलर रहेको जनाइएको छ ।

कन्सर्टको स्टेडियम टिकट बिक्री १.४ बिलियन डलर पुग्न सक्छ । यो कमाइसँगै इरास टुरले जोन एल्टनको फेयरवेल कन्सर्टको रेकर्ड तोड्न सक्ने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ