अल्जाइमर्स रोगका बिरामी बढ्दै

काठमाडौँ, ४ असोज । आज विश्व अल्जाइमर्स दिवस । हरेक वर्षको सेप्टेम्बर २१ तारिखलाई विश्व अल्जाइमर्स दिवसको रूपमा मनाइँदै आइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा अहिले अल्जाइमर्स रोगको समस्या तीव्र रूपमा बढिरहेको छ ।

अल्जाइमर्स रोग मुख्य रूपमा वृद्ध अवस्थामा मस्तिष्कमा देखिने एक किसिमको समस्या हो । मानिसको उमेर बढ्दै गएपछि मस्तिष्कका कोशिकाहरू कमजोर हुने र नष्ट हुँदै जान्छ । यसरी मस्तिष्कका कोषहरू नष्ट हुँदै गएपछि व्यक्तिले केहीबेर अगाडि गरेकै कुराहरू बिर्सन थाल्छ ।

यो बिर्सने क्रम बढ्दै गएपछि अल्जाइमर्स हुन्छ । ९५ प्रतिशतभन्दा धेरै अल्जाइमर्सका बिरामी ज्येष्ठ नागरिक छन् । यो रोग पुरुषको तुलनामा महिलामा धेरै हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । अल्जाइमर्स के कारणले लाग्छ भन्ने अहिलेसम्म यकिन भएको छैन । ८० वर्षभन्दा माथिको उमेर समूहका व्यक्ति तथा वयस्कमा मधुमेह, उच्च रक्तचाप, मोटोपना भएका र निष्क्रिय जीवनशैली भएकाहरुलाई अल्जाइमर्स हुने जोखिम धेरै हुने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ

काठमाडौँ, १२ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank