सुनको सिक्री लुटपाट : ४ जना पक्राउ

काठमाडौँ, २ असोज । सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं बागबजारका सुरज गुरुङ, वीरगञ्ज घर भइ क्षेत्रपाटी बस्ने अनवर हुसेन अन्सारी तथा भारतीय नागरिकहरू शक्ति भौमिक र सचिन गाड्वे छन् । प्रहरीका अनुसार गुरुङले चलाएको मोटरसाइकलमा बसेर अन्सारीले भदौ २५ गते  काठमाडौंको कुलेश्वर बस्ने अफ्सरा श्रेष्ठको घाँटीमा लगाई राखेको अन्दाजी २ तोला बराबरको सुनको लकेट सहितको सिक्री लुटेका थिए ।

पक्राउ परेका भारतीय नागरिकमाथि भने त्यो सिक्री किनेको आरोप छ ।  असोज १ गते पक्राउ परेका उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका