राष्ट्रिय अर्थतन्त्र हरहिसावले सुदृढ बनाउनुपर्छः अध्यक्ष ओली 

काठमाडौँ, १ असोज ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको मुद्रा बलियो बनाउन अर्थतन्त्र बलियो बनाउनुपर्ने वताउनुभएको छ । 

एमालेको परराष्ट्र मामिला विभागले आइतबार पार्टी कार्यालय, च्यासलमा आयोजना गरेको समसामयिक अन्तर्राष्ट्रिय विषयमा प्रस्तुति तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय अर्थतन्त्र हरहिसावले सुदृढ बनाउनुपर्ने वताउनुभयो । 

उहाँले भन्नुभयो– ‘व्यापार सन्तुलन कायम गर्न निर्यात बढाउनुपर्छ, त्यसका लागि काफी मात्रामा उत्पादन बढाउनुपर्छ । निर्यात बढाउनुका लागि आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आधारभूत कुरामा आत्मनिर्भर हुनुपर्छ । उपभोग गर्नुपर्ने वस्तु किन्न नपर्ने गरी उत्पादन गर्नुपर्छ । शिक्षाका नाममा अर्बौं रुपियाँ बाहिरिएको आधिकारिक तथ्याङ्क र अनौपचारिक माध्यमबाट त्यो भन्दा ठूलो रकम विदेशिएको सन्दर्भमा अध्यक्ष ओलीले ‘देशमा स्कुल नै खोल्न नदिएर (चिकित्सा शिक्षा) शिक्षाका लागि विदेश पठाउने बाध्यता सिर्जना गर्नु देशद्रोही क्रियाकलाप हो’ भन्नुभयो । 

देशमा पढ्ने, रोजगारी पाउने, बस्ने वातावरण नै छैन जस्तो गरी विदेश जाने क्रम चलिरहेको र यो परिचालित र योजनावद्ध ढङ्गले भइरहेको उहाँको भनाइ छ । अध्यक्ष ओलीले हाम्रोजस्तो देशले विश्व प्रतिस्पर्धालाई हेरेर आफ्नो सुरक्षामा ध्यान पुर्याउनुपर्छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका