पाल्पामा तीजको नाचगानमा विवाद : कुटपिटबाट एक युवाको ज्यान गयो

पाल्पा, १ । असोज तीजको नाचगानमा विवाद हुँदा कुटपिटबाट पाल्पामा एक युवाको ज्यान गएको छ । घटनामा तिनाउँ गाउँपालिका–२ घोडेवासका २४ वर्षीय सुनिल खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

हिजो दरखाने दिन बेलुका तीजको नाचगान भइरहेको ठाउँ घोडेवासमा आफ्नै साथीहरुबीच सामान्य झगडा भएको थियो । यो विषयलाई लिएर आज बिहान सुनिलमाथि कुटपिट भएको र घाइते सुनिलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालय पाल्पाले झगडा तथा कुटपिटमा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका