टेलिकमको विभिन्न नयाँ अफर सार्वजनिक

काठमाडौँ, ३१ साउन । नेपाल टेलिकमले आफ्ना प्रयोगकर्ताहरूका लागि पनि विभिन्न नयाँ अफर ल्याएको छ ।

नेपाल टेलिकमले सीडीएमएका प्रयोगकर्ता घट्दै गएको र फोरजी/एलटीईमा आकर्षित हुँदै गएको भन्दै त्यसैअनुसार कभरेज र सेवा विस्तार गरिरहेको बताएको छ ।

यसबीच टेलिकमले सीडीएमए फिक्स्ड फोन अथवा सी फोनका प्रयोगकर्ताहरूलाई फोरजी/एलटीई नेटवर्कमा स्थानान्तरण गर्नका लागि नयाँ प्याकेज ल्याएको हो ।

भदौ १ देखि लागु हुने अफरमा टेलिकमले अनलिमिटेड बेसिक र अनलिमिटेड प्रिमियम गरी दुई प्याकेजमा नमस्ते वाईफाई प्रयोग गर्न सक्ने बताएको छ । अनलिमिटेड बेसिकअन्तर्गत दैनिक रूपमा ५ एमबीपीएस गतिसम्मको १० जीबी डाटा उपलब्ध हुन कम्पनीले जनाएको छ । यो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि पाँचहजार ९९९ रुपैयाँ र वार्षिक अवधिका लागि १० हजार ४९९ रुपैयाँ तोकिएको छ ।

यसको अर्धवार्षिक अवधिका लागि शुल्क चारहजार ९९९ रुपैयाँ र वार्षिक अवधिका लागि ९ हजार ४९९ रुपैयाँ शुल्क रहेको छ । यस्तै, अनलिमिटेड प्रिमियमअन्तर्गत दैनिक १० एमबीपीएस गतिसम्मको १५ जीबी डाटा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि ८ हजार ९९९ रुपैयाँ र वार्षिक अवधिका लागि १६ हजार ४९९ रुपैयाँ रहेको छ । यसको अर्धवार्षिक अवधिका लागि शुल्क ७ हजार ९९९ र वार्षिक अवधिका लागि १५ हजार ४९९ रुपैयाँ रहेको छ ।

यी प्याकेज लिने ग्राहकलाई थप रकम नलिई आवश्यक फोरजी/एलटीई सीपीई उपलब्ध हुने कम्पनीले जनाएको छ । नयाँ जडान अन्तर्गत यसरी अर्धवार्षिक अवधिको प्याकेज लिने ग्राहकलाई प्रतिमहिना ४०० मिनेट कम्पनीको नेटवर्क भित्र (अन–नेट) र १०० मिनेट अन्य नेटवर्कमा (अफ–नेट) तथा वार्षिक प्याकेज लिने ग्राहकलाई प्रतिमहिना कम्पनीको नेटवर्क भित्र अनलिमिटेड र अन्य नेटवर्कमा १०० मिनेट कल गर्ने सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई

सुनसरी, ९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई

पोखरा, ९ भदौ ।  गण्डकी प्रदेश सरकारबाट नेकपा एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउने भएको छ । केही बेर अघि बसेको

जनकपुरधाम, ९ भदौ । मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका