“नेपालका प्रेरणीय आदिवासी व्यक्तित्व र सङ्घर्षका आयामहरू” लोकार्पण

काठमाडौँ, २६ साउन । सामाजिक क्षेत्रमा विशेष योगदान पु¥याउनुभएका १२ जना आदिवासी अभियन्ताहरूको सङ्घर्ष समेटिएको तयार पारिएको पुस्तक लोकार्पण गरिएको छ ।

विश्व आदिवासी दिवसको अवसरमा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ–नेपाल (निडवान) ले आदिवासी अधिकारका लागि विभिन्न तहबाट योगदान पु¥याउनुभएका अभियन्ताको कामबारे वृस्तीत रूपमा खोज तथा अनुसन्धानमुलक सामग्रीसहित “नेपालका प्रेरणीय आदिवासी व्यक्तित्व र सङ्घर्षका आयामहरू” शीर्षकको पुस्तक लोकार्पण गरिएको हो ।

निडवानले प्रकाशित गरेको पुस्तकमा आदिवासी अभियन्ताहरू दिवंगत डा. हर्क गुरुङ, डा. ओम गुरुङ, डा. चैतन्य सुव्वा र बम कुमारी बुढामगर, भद्र कुमारी घले, प्रतिमा गुरुङ, पूर्व राजदुत डा. गणेश योञ्जन, प्रतिनिभिसभाका सासद लालबीर चौधरी, अन्तरिम संविधान २०६३का मस्यौदाकार एवं अधिवक्ता शान्ति कुमारी राई, डा. केशवमान शाक्य, तृप्ता लुङ्गेली मगर, नन्द कन्दङ्वालगायतको जीवनी समेटिएको छ । सो अवसरमा उहाँहरूलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा दिवंगत व्यक्तित्व डा. हर्क गुरुङ, डा. ओम गुरुङ, डा. चैतन्य सुव्वालाई प्रदान गरिएको मरोणोपरान्त सम्मान भने उहाँहरुको परिवारको सदस्यलाई हस्तान्तरण गरिएको थियो । पुस्तकका लेखक पत्रकार कुमार यात्रुले निडवानको पहलमा आदिवासी अभियन्ताको जीवनीलाई लेख्ने क्रमको सुरूवात भएको र यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा आदिवासी आयोगका अध्यक्ष रामबहादुर थापामगरले आदिवासीको प्रथा, सङ्घर्ष र उपलब्धीलाई पछिल्लो पुस्ताका लागि बताउन पुस्तकले सहयोग गर्ने बताउनुभयो । राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घका अध्यक्ष ङिमी शेर्पाले पुस्तक प्रकासन गरेर आदिवासी ज्ञान हस्तान्तरण, अभिलेखिकरणले निरन्तरता पाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रतिकूल मौसम र अत्यन्त चुनौतीपूर्ण परिस्थितिका बाबजुद रसुवास्थित

काठमाडौँ, १३ भदाै । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरी नौबुँदे ध्यानाकषर्णपत्र

काठमाडौँ, १३ भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोसी नदीमा आएको विनाशकारी बाढी उद्धार कार्यलाई थप प्रभावकारी बनाउन छिमेकी देशहरूबाट प्राविधिक

काठमाडौँ, १३ भदौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ